गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र

पोखरा, नेपाल

डा. राजीव रिजाल

महानिर्देशक

नवराज वाग्ले

सूचना अधिकारी

हाम्रो बारेमा

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, गण्डकी प्रदेश यस प्रदेशमा स्वास्थ्य आपूर्तिको प्रमुख प्राविधिक र प्रशासनिक इकाई हो। यस केन्द्रले प्रदेशमा स्वास्थ्यसंग सम्बन्धित आपूर्तिको उचित व्यवस्थापन सुनिश्चित गर्दछ ।

यस कार्यालयको मुख्य जिम्मेवारी निम्न अनुसारको कार्यहरु संचालन गर्ने/गराउने रहेको छ:

आपूर्ति श्रृखला व्यवस्थापन सम्बन्धमा भएका सुधारका कार्य तथा प्रदेश स्तरमा अत्यावश्यक औषधीहरु एवं सबै किसिमका स्वास्थ्य सामाग्री प्रवाहको पुनरावलोकन एवं आवश्यक प्रक्षेपण तथा सिफारिस साथै चौमासिक तथा वार्षिक समीक्षा बैठकको आयोजना गर्ने ।

आपूर्ति श्रृखला व्यवस्थापनसँग सम्बन्धित वार्षिक योजना, तर्जुमा गर्नुका साथै अत्यावश्यक औषधिहरु एवं सबै किसिमका स्वास्थ्य सामग्रीहरु औजार उपकरणकोको खरिद, भण्डारण, वितरण र ढुवानी चुस्त-दुरुस्त राख्ने ।

आवश्यकता अनुसार विद्दुतीय आपूर्ति श्रृखला व्यवस्थापन सूचना प्रणालीलाई पुनरावलोकन गरी अद्धावधिक गर्ने तथा आपुर्ति श्रृखला व्यवस्थापन प्रणालीमा आईपर्ने गम्भीर समस्या जस्तै सामग्रीको शून्य मौज्दात, अत्याधिक मौज्दात, वितरणमा असन्तुलन हुन नदिन आवश्यक कार्य गर्ने ।

आपूर्ति श्रृखला व्यवस्थापनका लागि आवश्यक जनशक्ति विकासका साथै कार्यस्थलमा सिकाई अभ्यासका निम्ती सहयोग गर्नुका साथै आपूर्ति श्रृखलालाई समय सापेक्ष बनाउन आवश्यक पर्ने जनशक्ति एवं सो को निरन्तर विकास, आवश्यक ज्ञान, सीप र दक्षताको पहिचान गरी प्रतिष्पर्धी र क्षमतायुक्त बनाउने ।

आपूर्ति श्रृखला व्यवस्थापन विविध पक्षमा प्राविधिक दक्षता हासिल गर्न सम्बन्धित निर्देशिका वा मापदण्ड अनुसार कर्मचारीको कार्यविवरण, कार्य मापदण्ड एवं स्तरीकरण, सस्थागत तालिम, अनसाइट कोचिङ्ग मेन्टरिङ्ग लगायत प्राविधिक विशेषज्ञता प्रदान गर्ने ।

अत्यावश्यक औषधिहरु एवं स्वास्थ्य सामग्रीहरुको आपूर्ति श्रृंखला सुधारका लागि सराेकारवालाहरुको सुझावका आधारमा र्काय गर्नुका साथै विकास साझेदारहरुसँग आपसी सहयोग र समन्वय गर्ने ।

आपूर्ति श्रृखला व्यवस्थापनमा सुधार ल्याउनका लागि नविनतम कार्यको पहिचान र अवलम्बन गर्नु/ गराउनुका साथै कुशल अभ्यास एवं प्रक्रिया बसाउन सहकार्य गर्ने ।

आपूर्ति श्रृखलासँग जोडिएका सफलताका कथा, सिकाइ उपलब्धिहरु पहिचान गरी व्यवहारमा लागु गर्ने ।

आपूर्ति श्रृखंला व्यवस्थापनमा भएका कमी कमजोरीहरुको लेखाजोखा एवं मुल्याङ्कन गरी सुधारका लागि आवश्यक कार्य गर्नुका साथै सम्बन्धीत नीति, रणनीति एवं निर्देशिकाको पुनरावलोकन गरी सुधारका लागि आवश्यक कार्य गर्ने ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गण्डकी प्रदेश मातहत रही प्रदेशमा स्वास्थ्यसंग सम्बन्धित आपूर्तिको उचित व्यवस्थापन सुनिश्चित गर्दछ ।